हुलाकी न्यूज, काठमाडौं ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि चुनावी प्रचार प्रसारमा लागेको स्वतन्त्र मधेश गठबन्धनका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

डा.सीके राउत नेतृत्वको गठबन्धनले ‘राईट टु रिजेक्ट’ अभियान अन्तरगत मत बदरका लागि अभियान चलाउँदै आएको छ । मत बदर अभियानको प्रचार प्रसारमा लागेका रौतहटका अशोक सिंह र बीरेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

विहीबार प्रहरीले साहलाई पिपरा बजारको चिया पसलबाट पक्राउ गरेको हो भने सिंहलाई हजमिनियास्थित घरबाट पक्राउ गरेको हो ।

प्रहरीले निर्वाचन विरोधी अभियानमा लागेको भन्दै उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

नयाँ संविधानले मधेशको माग सम्बोधन नगरेको भन्दै गठबन्धनले निर्वाचनमा मतबदर अभियान चलाएको हो ।

स्थानीय निकायको निर्वाचनमा कोठा बाहिर मतदान गरेर मत बदर अभियान चलाएको थियो ।

यता निर्वाचन आयोगले डा.राउतको अभियानलाई निर्वाचनको विरुद्ध नभएको बताउँदै आएको छ ।

सर्वोच्च अदालतले विगतमा ‘राइट टु रिजेक्ट’को प्रावधान निर्वाचनमा राख्न निर्देश गरेका थिए । तर वर्तमान निर्वाचनमा सो प्रावधान राखिएको छैन । जसकारण गठबन्धनले कोठा बाहिर मतदान अभियान चलाएको हो ।

गठबन्धनले एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुको रिहाईको माग गरेको छ भने मानव अधिकारवादी संस्थाहरुसँग पहलको अपील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.