हुलाकी न्यूज, न्यूर्योक (अमेरिका) । विश्वको विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान पर्व छठ धुमधाम साथ मनाएका छन् ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले अमेरिका, कतार, साउदी, दुबईलगायतका देशहरुमा छठ पर्व मनाएको हो ।
अमेरिकाको मेरिल्याण्डमा विशेष कार्यक्रम गरी एनआरएमएले छठ मनाएको छ भने कतारमा पनि विशेष समारोहको आयोजना गरिएको थियो ।
त्यस्तै साउदीमा रहेका एनआरएमएका सदस्यहरुले पनि छठ मनाएका छन् भने दुबईमा पनि छठ मनाइएको छ ।
एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुसहावाहाले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेशको संस्कृति जोगाउन विश्वभरी छठ मनाइएको बताए । उनले छठलाई प्रोत्साहन गरेकोमा सम्पूर्ण शाखा तथा सदस्यहरुलाई धन्यवाद ज्ञापनसमेत गरे ।



