हुलाकी न्युज, इनरुवा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले शुक्रबार इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा तालाबन्दी गरेका छन् ।
राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहुदै अर्कालाई कार्यबाहकको जिम्मा दिएको र पार्टीमा एकपक्षको हैकम चलेको भन्दै असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी गराए । साभार: inaruwaonline



