हुलाकी न्यूज, काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पहिलो राजनीतिक समिति बैठक बस्दैछ ।
शनिबार दिउँसो बसेको राजपाका अध्यक्ष मण्डलको बैठकले राजनीतिक समितिको आकास्मिक बैठक बोलाउने निर्णय गरेको नेता राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।
महतोका अनुसार स्थानीय निकाय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका लागि पहिलो पटक राजनीतिक समितिको बैठक बोलाइएको हो ।
आकास्मिक रुपमा बोलाइएको उक्त बैठक सोमबारदेखि काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने महतोले बताए ।