हुलाकी न्युज, राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेशी जनताको हकअधिकार, पहिचान र समृद्धिका लागि लड्ने आफ्नो पार्टी मात्र भएको दाबी गरेको छ ।

आज साँझ राजविराजमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश विरोधी पार्टी भएकाले मधेशीले आफनो अधिकार पाउन नसकेकोे गुणासो व्यक्त गरेका छन् ।

नेता महतोले संविधान संशोधन प्रस्ताव संसद्बाट पास नगराउनमा ती तीन ठूला दलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराए मात्र मधेशी जनताले अधिकार पाउने बताए ।

सोही अवसरमा नेता मृगेन्द्रकुमार सिंहं यादवले मधेशीको अधिकार पूरा गराउन मधेशी जनता एउटै ठाउँमा आउनुपर्ने र जनताको पक्षमा काम गर्ने पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

यसअघि राजविराजस्थित गजेन्द्रनारायण सिंह चोकबाट निस्केको ¥याली नगरको विभिन्न भागको परिक्रममा गर्दै कोणसभामा परिणत भएको थियो ।

यसैगरी राजपाका अध्यक्ष महन्थ ठाकुरले आज राजविराजमा आयोजित कार्यकर्ता भेटघाटमा मधेशीको हकअधिकारका लागि आफ्नो पार्टीले ठूलो त्याग गर्दै आएकाले मधेशी जनताले आफ्नो पार्टीलाई अत्यधिक बहुमतबाट विजयी गराउन सकेमात्र मधेशीले अधिकार पाउने बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.