हुलाकी न्यूज, धनुषा । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधैँ ठग्दै आएको आरोप लगाउनुभएको छ ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लगायतका ठूला दलले सधै मधेशी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाउनुभएको हो ।

तेस्रोचरणको २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा जनकपुर आइपुग्नु भएका अध्यक्ष यादवले संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख भएपनि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले ५४ जनाको मन्त्रिमण्डल विस्तार गरेकामा आपत्ति जनाउँदैँ उहाँले यस कार्यले भ्रष्टचारलाई बढवा दिने बताउनुभयो ।

उहाँले अहिलेको स्थानीय तहको संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको क्षेत्रफल धेरै टाढासम्म रहेकोले यो खर्चिलो भएको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.