हुलाकी न्यूज, जनकपुरधाम । बिगत ३ दशक भन्दा बढी शिक्षण पेशमा सामाजमा सेवा गर्दै आएको धनुषा पुरनदाहा निवासी हुन् जगदीश यादव । उहाँ शिक्षण पेशामा आवद्ध हुनुभएका एक बुद्धिजीवी व्यक्तित्वका छवि बनाएका हुन् ।
बर्षौ शिक्षण पेशामा आबद्ध भई सामाजलाई शिक्षाको माध्यबाट सेवा गरिरहनु भएका यादव असोज २ गते हुन गईरहेको आसन्न स्थानिय तहको निर्वाचनमा भाग लिदै राजनीतिको माध्यमबाट समाजलाई सेवा गर्ने अठोटका साथ मिथिला बिहारी नगरपालिकामा मेयर पदमा उम्मेदवारी पनि दिएकै हुन ।
विवेशकशिल साझा पार्टीका स्वतन्त्र उम्मेदवार,स्थानिय तह निर्वाचनको प्रथम चरणमा नयाँ तथा छुट्टा–छुट्टै रहेको साझा र विवेशिल पार्टी दोश्रो चरणको चुनावयता एकतामा आएका छन् । बुद्धिजीवीहरुको पार्टी मानिने साझा विवेकशिल पार्टीको प्रदेश नं.२ मा हुन गईरहेको स्थानिय तहको चुनावमा धनुषाको एकल उम्मेदवार हो ।
संघीय संरचना अनुसार प्रदेश नं.२ को ८ वटा जिल्ला अन्तर्गत धनुषा जिल्लाको १८ स्थानिय तह मध्ये एक हो मिथिला बिहारी नगरपालिका ।
भुतही पटेर्वा, तारापट्टी सिरसिया, कजरा रमौल, मिथिलेश्वर मौवाही, मिथिलेश्वर निकास, पुरनदाहा, ललिया उतिमपुर, अन्दुपट्टी कटरैत र ठेरा कचुरी गाभिएर बनेको यी नगरपालिका नेपाली काँगे्रसको गढ मानिन्छ । यसै संदर्भमा हुलाकी न्यूजसँग गरिएको कुराकानी सम्पादित अंश ः

१.नेपाली काँगे्रसको क्षेत्र रहीआएको क्षेत्रमा साझा विवेशलाई पत्याउला न ?

– यो स्थानिय निकायको निर्वाचनको हो । यसमा पार्टीतिर जानु आवश्यक देखिदैन जस्तो मलाई लाग्छ । यस निर्वाचनमा उम्मेदवारको व्यक्तित्वमा जानु पर्दछ । यस्तो अवस्थमा जनामा मेरो क्षवि राम्रो भएकाले जनताले मलाई विश्वास गर्छ पत्याउछ जस्तो मलाई लाग्छ ।
२.तपाईको भनाई अनुसार तपाई भन्दा राम्रो क्षविका उम्मेदवार अन्य पार्टीले ल्याउन सकेका सकेन हो?

– व्यक्तिगत मेरो र जनताको बुझाईमा म भन्दा राम्रो क्षविका उम्मेदवार हाम्रो यस मिथिला बिहारी नगरपालिकामा अन्य पार्टीहरुले ल्याउन सकेका छैन । म भन्दा राम्रो उम्मेदवार भएका जनताको जनलहर म भन्दा बढी अरुसँग हुन्थ्यो जस्तो मलाई लागिरहेका छ ।
३.प्रथम र दोश्रो चरणको निर्वाचनमा तपाईको पार्टीले इच्छाएको अनुसारको बिजयी हात पार्न सकेन ? तपाईलाई के लाग्छ तपाई खाता खोल्न सक्नु हुन्छ ?

–हाम्रो पार्टीले प्रथम र दोश्रो चरणको निर्वाचनमा एकदमै नयाँ थियो । सबैलाई थाहा होला कि हाम्रो पार्टीले कति कम समयमा कति राम्रो सफलता हाथ पार्न सकेको छ । हामीलाई र हाम्रो पार्टीलाई पहिलो र दोश्रो चरणको निर्वाचनमा जनताले न त राम्रो सँग चिनेको थियो न त देश बनाउने अभियानमा लागेको हामी साझा विवेकशिलका पार्टीका घारण जनताले बुझेका थिए । तर, एउटा भनाई छ ‘जो जिता वही सिकन्दर’ त्यो नै भयो । काठमाण्डौ महानगरपालिकाको नतिजाले हाम्रो पार्टीको लोकप्रियता र जनताको विशवास स्पष्ट हन्छ ।कुरा रह्यो मेरा म पहिलेनै भनिदिए मेरो क्षविमा अहिले सम्म कसैले प्रश्न चिन्ह लगाउन सकेका छैनन् । जनताले म माथि गरिरहेको विश्वासले मलार्य उत्साहित गर्दै छन् । म आफ्नो नगरपालिकामा जुन हिसावले संगठन विस्तार गरेको छ जुन हिसावले काम गरिरहेको छ त्यसमा मलाई विश्वास छ जनताले मलाईनै रोज्छ भनेर ।

४.तपाईको नगरपालिकामा नेपाली काँग्रेसको विरासतमा पर्छ ? कतिको प्रभावित गर्छ तपाईलाई ?

–विश्वास हो, पेवा हो, यो सबै भन्ने कुरा मात्र हो । विरासतमा भेनेको जनतको मात्रै हुन्छ ।
जनताले यस क्षेत्रबाट पटक–पटक नेपाली काँगे्रसलाई जिताए । तर , जनतलाले के पाए, जनताको हाथमा के पर्यो, आखिर शुन्य ।
जनता विकास चाहन्छ, स्थायी शान्ति चाहन्छ । म प्रश्न गर्न चाहन्छु यस क्षेत्रबाट बिजयी भएका नेपाली काँगे्रसका ती नेता सँग जुन अहिले नेपाली काँगे्रसबाट नेपाल सरकारका मन्त्री पनि भएका छन् । उनले ती क्षेत्रका जनतालाई के दियो ? म प्रश्न गर्छु तपाईसँग ।
जनतासँग उनी त्यो दिनमै भेटघाट गर्न आउँछ जुन दिन भोट माग्न आउँछ । मैले पटक–पटक दोहराई रहनु पर्दैन ।
जनता एकैचोटी त्यति मुर्ख हैनन् कि पटक–पटक ठग्ने ती नेतालाई फेरी पनि विश्वास गर्नछन् । जनतालाई धोका दिने नेपाली काँगे्रसको विरासत हो भनेर तपाईहरु पनि नभनदिनुस जनताले चाहेको ईच्छाएको कुरा अव स्थानिय निकायबाट विजयी हुने प्रतिनिधिले पुरा गर्ने भउकाले जनतालाई जागरुक हुनुपर्ने अवस्था छ ।
जनताको मत अमुल्य हुन्छ कसैले ठान्छ होला यी गाउँ यी गाउँका जनताका भोट मेरा पुर्खोली हो भनेर ती दिनहरु अब रहेन्, सबैले ठगेर गए जनतालाई अब ति दिन पनि रहेन र जनताले पनि सिकिसके ।
अब जनताले उम्मेदवारको व्यक्तित्वलाई ख्यालगरी ‘कमण्डल’ छापमा मतदान गनुहुन्छ भने मलाई आशा र विश्वास छ । साथै म हाम्रो नगरपालिकाबासीसँग आग्रह पनि गर्न चाहन्छौ तपाईका एक अमुल्य भोट ती ठगलाई फेरी पनि नदिनुहोस् जसले विगतमा ठगेर तपाईको मतलाई दुरुपयोग तपाईको मतसँग खेलवाड गर्यो ।
‘‘जिन हाथो ने शक्ति दि है
राजतिलक लगानेकी उन हाथोमे शक्ति भि है
शरसे ताज हटानेकी ’’
यही कुरालाई जनतलाले ख्याल गर्नुपर्छ । कसैको दिएको प्रलोभन, लहैलहैमा फसी नफसी आफ्नो विवेकको प्रगोग गर्न आग्रह गर्छु ।

५.साझा विवेशिल र नयाँ शक्तिको नेतृत्वकर्ता कमजोर रहेको कारण यी पार्टी स्थापित हुन नसकेको आम जनतामा छाएको छ ? यस्तो अवस्थामा जनताले तपाईमाथि किन विश्वास गर्छ ?

– हेर्नुस, म अरुको कुरा गर्दिन तर मेरो पार्टीका नेतृत्वकर्ता कमजोर छ भन्ने जस्तो मलाई लाग्दैन। कारण सबैलाई थाहा नै छ ।
विवेकशिल साझा पार्टी नेपालका पुराना पार्टीहरुका कमी कमजोरीका निचोड निकाली गठन गरिएको पार्टी हो ।
हाम्रो पार्टीका श्रद्धय नेताजीहरु पढेलेखेका छन् ।कतिपय पार्टीका नेतृत्वकर्ता तपाईहरु ओठा छाप पनि भेट्न सक्नुहुन्छ तर हेर्नुस् साझा विवेकशिल पार्टीमा देशका चर्चित पत्रकार देखि लिएर बुद्धिजीवीहरुका एक समुह हो हाम्रो पार्टी ।
देशमा बर्षौ देखि शासन गरिरहेको अरु पार्टीहरुले देशलाई बर्बाद पारिसकेका कारण देश बनाउने जिम्मेबारी हाम्रो पार्टीको हो । समय लाग्छ अगुठा छापहरुको भवरीमा फसेका जनतालाई बाहिर निकाल्न समय लाग्छ तर हामी हाम्रो लक्ष्य अनुसारको उपलब्धी प्राप्त गर्छौ र देश निर्माण गरेर हेराउँछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.