हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाममा प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ।
निर्वाचन आयोगले सबै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न सक्ने संवैधानिक व्यवस्था अनुसार यस प्रदेशमा पनि प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ।
निर्वाचन आयोग संवैधानिक निकाय सातवटै प्रदेशको राजधानीमा प्रदेश स्तरको प्रादेशिक निर्वाचन कार्यालय स्थापना गरिएको निमित प्रदेश निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिएकी छिन् ।
यसले जिल्लाको काम गर्नुका साथै प्रदेशको आठवटै जिल्लामा रहेको जिल्ला निर्वाचन आयोगको कार्यालयसँग समन्वय पनि गर्ने उनले भनेकी छिन्।