हुलाकी न्यूज, सिराहा : जनमत पार्टीका केन्द्रिय सदस्य एवं युवानेता निर्मल मण्डलले देशमा स्वास्थ्य संकटकाल लगाउन सरकारसंग माग गरेका छन ।
कोरोना महामारीले देश आक्रान्त बनेको स्थितीमा अवश्था झन भयावह हुन नदिन सरकारले अविलम्ब स्वास्थ्य संकटकाल लगाउन माग गरेका हुन ।
सरकारले चाहेमा बजेटको अभाव नहुने र स्वास्थ्य संकटकालका वेला विभिन्न विकास बजेटहरु फ्रिज हुने अवश्थामा रहेका रकमहरुलाई स्वास्थ्य सेवाका क्षेत्रमा रकमान्तर गरी लगानी गर्न सकिने उनले बताए ।
पहिले नै स्वास्थ्य विज्ञहरूको सुझावलाई सरकारले वेवास्ता गरिरहेको कारण अहिले यस्तो स्वास्थ्य संकट आइपरेको उनले आरोप लगाए।
अहिलेको अवश्थामा राजनितीक दलहरुले समेत कुर्सीको लड़ाई छाडेर एकजुट भई महामारीबाट जनतालाई बचाउन आग्रह गरे ।
अहिले जनप्रतिनिधीहरू जनता मोह भन्दा भोट मोहमा लागेको र जनताको स्वास्थ्य संग खेलवाड गर्दै सत्ताको खेलमा मात्र लागेको भन्दै अहिले नै नेताहरु नसुध्रेमा जनताले आउने चुनावमा राम्ररी सबक सिकाउने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.