हुलाकी न्युज, जनकपुरधाम । नेकपा एमालेका नेता कार्यकताहरुले जिल्ला अध्यष राजकिशोर यादव लगायत उम्मेदवार छनौट समितिलाई कारवाही गर्न माग गरेका छन् ।
एमालेका गाविसका नेताहरुले शुक्रवार पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा आफुहरुको टिकट कनर्फम भइसकेको अवस्थामा पार्टीका अध्यक्ष राजकिशोर यादव र छनौट समितिका संयोजक, सह–संयोजकले लाखौं रुपैयाँको चलखेल गरी टिकट वितरणमा अन्तरघात गरेकोले कारवाहीको माग गरेको हो । उनीहरुले टिकट पाइसकेका उम्मेदवारहरुलाई टिकट नदिएर अरुलाई उम्मेदवार बनाई पार्टीसँग र आफुहरुसँग पनि अन्तरघात गरेकोले कारवाही गर्न माग गरेका छन ।
पार्टीका जनकपुर नगर संयोजक सुरेन्द्र राइले पार्टी अध्यक्षले पैसाको चलखेल गरेर केन्द्रबाट टिकट पाइसकेका उम्मेदवारहरुलाई बगल्याउदै मनपर्दी एमालेका सदस्यसमेत नरहेकाहरुलाई उम्मेदवार वनाएको आरोप लगाएका छन् । उनले टिकट वितरणमा नेकपा एमोलका केन्द्रीय सदस्य रघुविर महासेठ सँगको मिलोमतोमा आफना आसेपासेहरुलाई टिकट दिइ उम्मेदवार बनाएको समेत आरोप लगाए ।
असन्तुष्टहरुले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको समेत जानकारी गराए । यस्ता असन्तुष्टहरुमा जनकपुर उपमहानगरपालिकामा वडा नं ८ का मोहन उपाध्याय, वडा नं ११ का रामसिकिल मण्डल, वडा नं १३ का कमला कवारी, वडा नं २० का धैर्यकान्त झा, वडा नं २२ का रामसोभित मण्डल र वडा नं २५ का परमेश्वर यादवले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी तथा वडा नं २५ मा महिला सदस्यमा विमलादेवी पासवानले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
त्यसैगरि नगराइन नगरपालिकामा वडा नं ७ र ८ मा जिल्ला अध्यक्षले चलखेल गरेको आरोप लगाइएको छ । नगराइन नगरपालिका वडा नं ७ मा ब्रम्हदेव मण्डलको ठाउँमा रामदुलार मुखिया र वडा नं ८ मा सुरेन्द्र मण्डलको ठाउँमा संजय राउतलाई टिकट दिईएको आरोप लगाईएको छ भने कमला नगरपालिकामा वडा न ६,शहिद नगरपालिकामा वार्ड नं ३,मिथिला विहारी नगरपालिकामा वार्ड नं ६,१०, जनक नन्दनी गाउपालिकामा वार्ड नं १ मा टिकट पाइसकेकालाई पैसाको चलखेल गरी निर्णय विपरित जिल्ला अध्यक्षले उम्मेदवार खडा गरेको आरोप लगाइएको छ ।
नेकपा एमाले धनुषाको पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जनकपुर उपमहानगरपालिकाको संयोजक सुरेन्द्र राई,नगराइन नगरपालिकाको संयोजक देव कुमारी मण्डल,कमला नगरपालिकाको संयोजक सोभीत महतो,जनक नन्दनी गाउँपालिकाका संयोजक कमलेदव यादव र शहिद नगर नगरपालिकाको संयोजक सुरेश प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो ।



