हुलाकी न्युज, जनकपुरधाम । जनकपुर उपमहानगरकामा आज विहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको छ ।
 
मुख्य निर्वाचन आयुक्तको कार्यालयमा भईरहेको मनोनयन दर्तामा हालसम्म २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । साँझ पाँच बजेसम्म कार्यालय परिसरमा प्रवेश नर्गेहरुले रातिसम्म पनि मनोनयन दर्ता गराउन सक्ने व्यवस्था मिलाएको धनुषाका मुख्य निर्वाचन आयुक्त राधाकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।
 
हालसम्म स्वतन्त्र र साना दलका उम्मेदवारहरुले मात्र मनोनयन दर्ता गराएका छन् । भने दिउँसो १ बजेबाट प्रमुख दलहरुले उम्मेदवारी दर्ता गाराउने जनाएको छ । धनुषाको १८ वटा स्थानीय तह मध्ये हालसम्म १४ वटा तहमा मनोनयन तर्दा भइरहेको छ भने ४ वटामा शुरु हुन अझै बाँकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.