हुलाकी न्युज, सिरहा | सिरहा-चोहर्वा सडक खण्ड अन्तर्गत सिरहाको नरहा स्थित बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुइजना गम्भीर घाइते भएका छन् |
 
सिरहाबाट राजविराज गइरहेको ना१ख ९३९९ बस र बिपरित दिसाबाट सिरहा तर्फा आइरहेको स२प ७४६ नम्बरको मोटरसाइकल ठोक्किदा दुईजना गम्भीर घाइते भएका छन् |
 
उक्त मोटरसाइकलमा सबार सिरहा नगरपालिका १२ सारस्वर बस्ने मो. असलम दफाली र उसकै छोरा मो. सुभान दफाली रहेका छन् | उनीहरु दुबै बुबा-छोरा रहेको छ |
 
गम्भीर घाइते भएका बुवा-छोरालाइ एक जनालाई गोलबजारको भुमिजा अस्पतालमा उपचार भैरहेको छ भने अर्कोलाई लहानमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.