हुलाकी न्युज, राजबिराज । राजबिराजमा आयोजत पत्रकार सम्मेलनमा उप प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले निर्वाचन आयोगले लगाएको आचारसंहिता प्रति आक्रोश पोखेका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा गच्छदारले निर्वाचन आयोगले आचार संहिताको नाममा सरकारको हातखुटा बाँधेको आरोप समेत लगाएका छन् ।गच्छदारले भने ‘३ महिनापछि हुने निर्वाचनका लागि अहिले नै आचार संहिता लगाउनु जायज होइन्, यसले सरकारको दैनिक कामकाजमा नै प्रभाव पार्यो’,उम्मेदवारी दर्ता भए वा निर्वाचनको ३५ दिन अगावै आचारसंहिता लगाइन्थ्यो तर मंसिरमा हुने चुनावका लागि अहिले नै आचार संहिता लगाउनु जायज होइन्’ ।



