हुलाकी न्युज, रौतहट। रौतहट जिल्लाको हाल गठित राजदेवी नगरपालिकाको चण्डीया,बस्तपुर,पथरा,सहित राजदेवी नगरपालिका बासीद्वारा राहत नपाएको भन्दै बिहिवार जिल्ला प्रशासन कार्यालय घेराउ गरेकाछन।
राजदेवी नगरपालिकाका जन्ताहरु राहत न पाएको कारणले आक्रोसित भएकाछन। बाढी आएको तेस्रो हप्ता सुरु भएता पनि बाढी पीडितहरुले राहत पाउन सकेका छैनन् ।
भने जति अाएको राहत मुख देखि राहत दिई रहेको र पिडित जन्ताहरुलाई नदिएको भन्दै पिडित जन्ताहरु अाज जिल्ला प्रशासन कार्यालय घेराउ गरी २ घण्टा सम्म बाटो अबरुध गरेकाथिए।भने प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले भने अब राहत अाउदै छ अाएपछी हामी अाफै पिडित समक्ष पुर्याउने प्रतिबध्ता दिएकोछ। तर अहिले सम्म अाएको राहत दलालहरु कति पटक लिई अा-अाफ्नो सम्बन्धित ब्यक्तिलाई दिएको पिडित जन्ताहरुको भनाइ छन। र कति ठाउँमा घरहरु भत्केको अहिले सम्म रेकर्ड पूरा भएकोछैन।
भने कति पय ठाउँमा ५ चोटि भन्दा बढी राहत बाँटेकाछन।भने कतिपय ठाउँमा एक चोटि पनि राहत नगएको भन्दै पिडित जन्ताहरु अाज जिल्ला प्रशासन कार्यालय घेराउ गरेकाछन। राहत बाँडफाँडमा पनि राजनीतिक भईरहेको पिडित जन्ताहरुले बताउदै यो कार्य गर्नेलाई तुरुन्त कार्वाहीको माग गर्दै बाटो अबरुद्ध गरेकाछन।



