काठमाण्डौँ । चाइनिज मोवाइल निर्माता कम्पनी जिओनीले नयाँ मोवाइल जिउनी एस १० लन्च गर्न लागेको छ। जिओनी एस १० पछिल्लो एस ९ को अपग्रेडेड मोवाइल हो ।

कम्पनीले गत हप्ता एक टिजर मार्फत मोवाइलको नाम सार्वजनिक गरेको थियो । जिओनी एस १० मा ४ वटा क्यामेरा हुने उक्त टिजरमा पनि बताइएको थियो । एस १० मा दुईवटा रियर क्यामेर सेटअपसँगै दुइवटा फ्रन्ट क्यामेरा हुनेछ ।

रिपोर्टका अनुसार मोवाइलको पछाडी भागको क्यामेरा एउटा १६ मेगापिक्सल र अर्को ८ मेगापिक्सल सेन्सरको हुनेछ । तर फ्रन्ट क्यामेरा भने एउटा २० मेगापिक्सल र अर्को ८ मेगापिक्सल सेन्सरको हुनेछ जसले अझ राम्रो सेल्फीको मज्जा लिन सकिनेछ ।

जिओनी एस १० मा ६ जिबी र्याम हुनेछ जबकी पहिले ४ जिबी र्याम हुने बताइएको थियो । यसमा ३४५० एमएएच ब्याट्रि हुने बताइएको छ। एस १० मा एन्ड्रोइड ७।० सिस्टम हुनेछ भने ५।५ इन्चको फुल एचडी डिस्प्ले छ । त्यस्तै यो मोवाइलमा २।० गीगाहर्ज अक्टा कोर प्रोसेसर हुने छ ।

जिओनी एस १० मा ६४ जिबी इन्टरर्नल स्टोरेज तथा १२८ जिबी सम्मको मेमोरी कार्ड सपोर्ट गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.