
हुलाकी न्युज, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पूर्वका झापा, मोरङ र सुनसरी तथा तराईका सिराहा र सप्तरीमा बाढीको सम्भावना औँल्याएको छ।
साथै विभागले चुरे र महाभारत पर्वत हुदैँ बग्ने नदीहरूमा बाढीको सम्भावना रहेको जनाएको छ। महाशाखाले नदी किनारामा काम नगर्न सुझाएको छ।
दिनभर र रातीसमेत वर्षा हुने अनुमान महाशाखाले गरेको छ। पूर्वका मेची नदी, विरिङ, कन्काई र सुनसरीमा बाढीले खतराको तहसम्म पुग्ने जनाएको छ। कोशी, बाग्मती, नारायणीमा भने खतराको तहसम्म नदीको बाढी नपुग्ने जनाएको छ ।



