हुलाकी न्युज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १२ मा आज साँझ विषालु सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ ।

मृृत्यु हुनेमा सोही ठाउँका शिवनारायण पण्डितका १९ वर्षीया छोरी सुनिताकुमारी पण्डित रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

घरको आँगन बढार्ने क्रममा घर नजिक रहेको बाढीको पानीमा लुकेर बसेको विषालु सर्पले सुनितालाई डसेको थियो ।

सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिप्रका सप्तरीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.