हुलाकी न्यूज, साउदी ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले मधेशका बाढी पीडितहरुका लागि निरन्तर राहत संकलन गर्दैछ ।

साउदीमा रहेका मधेशीले एउटै कम्पनबाट ६२ हजारभन्दा बढी रकमको राहत संकलन गरेका छन् ।

साउदीको जेद्दामा रहेको जमिल अल्पला कम्पनीको कामदारहरूबाट ६२ हजार ५ सय ३२ रूपैंया बराबरको राहत संकलन भएको छ । उक्त कम्पनीमा राहत संकलनको नेतृत्व एनआरएमएका सदस्य दिलीप राउतले गरेका थिए ।

साउदी अरबबाट मधेश बाढी पीडितहरूको लागि राहत संकलनको काम अगष्ट महिना भरी चल्ने एनआरएमए साउदीका बरिष्ट संयोजक अधिकारी उपेन्द्रले जानकारी दिए ।

अगामी दिनहरूमा पनि मधेशको जुन सुकै समस्यामा सहयोग गर्ने संस्थाको लक्ष्य रहेको र मधेशका लागि काम गर्ने सबै संस्थाहरूलाई एकताबद्ध गरी साउदी अरबमा एनआरएमएलाई सबैको सांझा संस्था बनाउने साउदी अरबका संयोजक निर्मल मण्डलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.