बीबीसी
आशा मारिसकेको कुनै हराएको वस्तु भेटिँदा कस्तो महसुस होला रु यो प्रश्नको जवाफ मेरी ग्राम्सले निकै राम्रो तरिकाले दिन सक्छिन् ।
१३ वर्ष पहिले मेरी ग्राम्सले क्यानडाको अल्बर्टामा आफ्नो बगैंचामा हिराको एक औंठी हराएकी थिइन् । यो सन् २००४ को कुरा हो । अब मेरीको उमेर ८४ वर्ष भइसकेको छ ।
यतिधेरै समय बितिसकेपछि उक्त औंठी भेटिएला भन्ने उनले आश गरेकी नै थिइनन् जुन स्वभाविक पनि हो तर पछिल्लो दिन उनले उक्त औंठी आफ्नो बगैंचामा एक गाजरसँग भेटिन् ।
सायद भाग्य यसलाई नै भनिन्छ होला । मेरीले औंठी हराएको कुरा यतिका वर्षसम्म कसैलाई पनि भनेकी थिइनन् ।
गाली खाने डरले उनले उक्त कुरा श्रीमानलाई समेत बताएका थिएनन् तर उनको छोरालाई भने यसबारे थाहा थियो ।



