
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुको एक महिनाको तलब मधेशका बाढी पीडितहरुले पाउने भएका छन् ।
राजपाको संसदीय दलको बैठकले सांसदहरुको एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सांसदहको तलब तथा अध्यक्ष मण्डलका नेताहरुले नगद सहयोग गर्ने निर्णय भएको छ ।
अध्यक्ष मण्डलको बैठकले राहतमा सहयोग गर्न उद्योगी व्यापारी तथा सम्बनधीत निकायसँग आग्रहसमेत गरेको छ । त्यस्तै, उद्धार कार्यालाई युद्धस्तरमा गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ ।
यता राजपा स्रोतका अनुसार मंगलबारपछि राजपाका केन्द्रीय नेताहरु बाढी प्रभावित क्षेत्रमा पुग्नेछ । अध्यक्ष मण्डलका नेताहरु राहतसहित प्रभावित क्षेत्रमा पुग्ने प्रवक्ता कृष्णा सिंहले बताएका छन् ।



