हुलाकी न्युज, राजबिराज । सप्तरीको सम्भुनाथ नगरपालिका-८ मा विहीबार भारतीय सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्लु बी ७४ एस- ८१९४ नम्बरको सुमोले साईकललाई ठक्कर दिएर अनियन्त्रित भइ दुर्घटना भएको थियो।

दुर्घटनामा साईकलयात्री सम्भुनाथ नगरपालिका-८ बस्ने अन्दाजी १४ बर्षिय सृजना चौधरी, सुमोमा सवार झापा अर्जुनधारा-८ बस्ने ५० बर्षिय धनन्जय चक्रवती, भारत जलपाईगुडी बस्ने अन्दाजी २२ बर्षिय दिपन्जन दास, भारत कलकत्ता बस्ने अन्दाजी २१ बर्षिय दिपेन्द्र पार्की, सुमोका चालक भारत अछाम बस्ने २७ बर्षिय सागर घोष, सोही ठाउँका २८ बर्षिय सागर मुगोस र कलकत्ता बस्ने २९ बर्षिय सुवा बारुई घाइते भएका छन्। घाइते सबैलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याएको इलाका प्रहरी कर्यालय कल्याणपुर ले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.