हुलाकी न्युज, राजबिराज ।सप्तरी जिल्लामा संघीय समाजवादी फोरम नेपालद्वारा जिल्ला स्तरीय प्रशिक्षण आज दोश्रो दिन राजबिराजमा सुरु गरेको छ ।सप्तरीको राजबिराज स्थिति निर्माण ब्यबसाय संघको हलमा आज दोश्रो दिन प्रशिक्षण कार्यक्रम राजबिराजमा सुरु गरेको हो ।

उक्त जिल्ला स्तरीय प्रशिक्षणमा प्रशिक्षकको रूपमा संघीय समाजवादी फोरम नेपालको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादब र हेमराज राई रहेको छ ।

त्यस जिल्ला स्तरीय प्रशिक्षणमा बिभिन्न बिषयबस्तुहरुमा प्रशिक्षण दिने जिल्लाका केन्द्रीय सदस्य शैलेन्द्र साहले जनाएको छ । उनका अनुसार बर्तमान राजनीतिक परिस्थिती,पार्टीको कार्यदिशा र सिद्धान्त; निर्बाचन तयारी बिषयमा मतदाता नामावलीको कार्य देखि परिणाम घौषणा सम्मको चुनावी रणनीति बिषयहरुमा प्रशिक्षण दिने जनाएको छ ।

त्यस्तै प्रशिक्षण कार्यक्रममा सप्तरी जिल्लाको अगुवा नेता कार्यकर्ताहरुको सहभागी रहेको छ ।सप्तरीको बिभिन्न नगरपालिका र गाउपालिकाका सप्तकोशी नगरपापालिका, डाकनेश्वरी नगरपापालिका ,खडक नगरपापालिका,सुरुङ्गा नगरपापालिका,बोदै बर्साईन नगरपापालिका, कंचनरुप नगरपापालिका,राजबिराज नगरपालिका, कृष्णा सोवरण गाउपालिका,तिरहुत गाउपालिका र रुपनि गाउपालिकाका अगुवा नेता कार्यकर्ताहरुको सहभागी रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा केन्द्रिय सल्लाहकार सुमन चौधरी, केन्द्रीय सदस्य एवम राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्य एवम् सह–ईन्चार्ज बिनोद चौधरी, केन्द्रीय सदस्यहरु जगदेव यादव, उमेश यादव, सुर्यनाथ यादव, चित्त नारायण यादव, अशोक यादव, दिपक यादव लगायतको उपस्थिति रहेको थियो ।यसैगरी नेता महेन्द्र प्रसाद चौधरी, उपेन्द्र नारायण चौधरी(पगडीवाला), जिल्ला निर्वाचन डेक्स सप्तरीका संयोजक उपेन्द्र प्रसाद साह, तराई मधेश प्रदेश समितिका सदस्यहरु यूसुफ अलि, राधेश्याम पंडीत लगायतका जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.