हुलाकी न्युज, रौतहट | युनाइटेड मधेशीज अफ नेपाल संगठनले रौतहटमा ठिकेदार र राज्य पक्षको लापरबाहीको कारणले मरेको चार जना बालकको मृतक परिवारलाई घरमा पुगेर भेटिएको छन ।
पीडि़त परिवारलाई राहत स्वरूप यूनाइटेड मधेशीको तर्फ बाट ११००० रुपैया र ७ थान पुरा सेट साड़ी (मूल्य ५०००) प्रदान गरिएको छ ।
मृत्यु हुनेमा गरुडा नगरपालिका ४ मा बस्ने राम एकवाल साहको छोरी ३ वर्षिय संगिता कुमारी साह, उहाँकै छोरा ९ वर्षको सुनील कुमार साह, नागेन्द्र शाहकी ९ वर्षीया छोरी सुनैना शाह र प्रेम नारायण शाहको ४ वर्षीया छोरी सुस्मिता कुमारी शाह रहेका परिवार जनहरुसँग भेटी युनाइटेड मधेशी अफ नेपाल संगठनका संस्थापक पूर्व अध्यक्ष यादवले हामी थोरै रातह भएपनि यस्तो दुखद समयमा सहयोग गर्न मौका पाए ।
युनाइटेड मधेशीको तर्फबाट महासचिव प्रदीप कुशवाहा र थड एलायन्सका ओमप्रकाश राम दुःखित परिवारसाग भेटेका हुन । पूर्व अध्यक्ष यादवले मृतकको आत्माको चिरशांतिको लागि कामना गर्दै परिवारलाई यस्तो समयमा संयमता राख्न अनुरोध गरेका छन र वहाको लड़ाईमा साथ दिनेद्ध आस्वासन दिएका छन ।
महा सचिव कुशवाहाले ठीकेदारको लपारवाहीको कारणले घटना भएको भन्दै दोसीलाई कानुनको अगाडी नलयाई छोडनु हुन जोड़ दिये । सभार: मधेशप्रदेश



