हुलाकी न्युज, राजबिराज । जिल्ला प्रहरी कार्यालय सप्तरीको सभा कक्षहलमा आयोजना गरिएको रक्षा बन्धन कार्यक्रम सम्पन भएको छ । हिन्दुहरुको महान चाड रक्षा बंधनको अवसरमा नगर महिला सगरमाथा सप्तरी तथा जनकल्याण प्रतिष्ठान एकल विधालय अभियान सप्तरीको आयोजनामा संचालन गरेको हो ।
अभियानका अध्यक्ष हरिहर चौधरीको अध्यक्षतामा रक्षा बन्धन कार्यक्रम गरेको थियो ।उक्त कार्यक्रममा कार्यक्रमका संयोजक आभा सेतु सिहं,महिला अधिकार कर्मी तथा समाजसेवी र जिल्ला प्रहरी कार्यालय सप्तरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । त्यस रक्षा बन्धन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्र.अ तथा प्रहरी जवान ४०, ५० जना समेतको सहभागितामा रक्षा बन्धन कार्यक्रम हरसोउल्लासका साथ सम्पन्न भएका छन् |



