हुलाकी न्युज, बर्दिया | बर्दियाको बबई र कर्णाली नदीमा वर्षाका कारण आएको बाढीले पानीको सतह बढेसँगै कर्णाली र बबई नदीमा बाढीको जोखिम उच्च बढे संगै प्रशासनले जारीगरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बर्दियाका अनुसार नदीमा ५ दशमलव ७३ मिटरसम्म पानीको सतह पुगेको छ। ६ दशमलव १ भन्दा बढी भएमात्र बबई नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ। बबई नदीको तल्लोतिर भादा नदीमा पानीको सतह ७ दशमलव ३० पुगेको छ।

८ भन्दा बढी भएमा बाढीको सम्भावना बढ्ने बताइएको छ। यस्तै कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ९७ मिटर पुगेको छ। कर्णाली नदीमा पानीको सतह १० दशमलव ८० मिटर भएमा चेतावनी लेभलको मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.