हुलाकी न्युज, महोतरी | महोत्तरीको बलवा—जनकपुर सडकखण्डमा शनिबार दिउँसो बस दुर्घटना भएर घाइते भएका मध्येका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुई जनाकोे विराटनगर र जनकपुरमा मृत्यु भएको हो महोत्तरी गाउँपालिका ५ गोनरपुराकी ८० बर्षीया सीतादेवी झा र धनुषाको ढलकेवर ५ का २७ बर्षीय मोहन पासमानको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएपी दीपक पोखरेलले जानकारी दिए।
घाइते पासमानको न्यूरो अस्पताल विराटनगरमा आइतबार मृत्यु भएको छ भने वृद्धा झाको जानकी हेल्थ केयर एण्ड रिर्सच सेन्टर जनकपुरमा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
द्रूत गतिका कारण अनियन्त्रित भएर बस शनिबार पिपरा गाउँपालिका ६ स्थित सडक भन्दा ९ फिट गहिरोमा गएर दुर्घटना भएको थियो । दुर्घटनामा २५ जना घाइते भएका थिए । घाइतेहरुको उपचार जारी रहेका छन् ।



