हुलाकी न्युज, राजविराज
। राजविराज नगरपालिकामा नगरवासीको ब्यापक गुनासोपछि राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेरकुमार यादवको लिखित निर्देशनमा असार २७ गतेदेखि नगर क्षेत्रभित्रका छाडा सुँगुर नियन्त्रण गर्ने अभियान पुनः सुरु गरेको छ ।

सुँगुर नियन्त्रण अभियानको कुनै सिमा नतोकिएको स्पष्ट पार्दै ‘जवसम्म सुँगुरलाई खोरमा राखेर ब्यवस्थित रुपमा पाल्ने क्रम सुरु हुँदैन तवसम्म अभियान चल्छ र वजार तथा सडकमा भेटिएका सुँगुर मारिन्छन्’ सरसफाई इन्चार्ज यादबले बताएका छन् ।

राजबिराजमा सुँगुर नियन्त्रणको लागी ‘किक एण्ड क्याच’ अभियान, ‘ग्रिन राजविराज, क्लिन राजविराज’ अभियान लगायतका सुँगुर नियन्त्रण कार्यक्रम गर्ने अभियान सुरु गरेको थियो ।

बर्षों देखी सदरमुकाममा छाडा सुँगुरका कारण एकातर्फ नगरमा दुर्गन्ध फैलिदा विभिन्न रोग र प्रकोपको जोखिम वढिरहेको छ भने अर्कोतर्फ सर्वसाधारणले समेत घर र करेसावारीमा ठुलो नोक्सानी ब्यहोरीरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.