हुलाकी न्यूज, काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता दिनानाथ शर्माले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा सहमति खोज्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा बुधबार आयोजित एक साक्षात्कार कार्यक्रममा माओवादी नेता शर्माले मधेशको मुद्दालाई संविधानमा समावेश गराउनका लागि संशोधन आवश्यक रहेको तर्क गर्दै मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा लिएर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
उनले एमालेले मधेशलाई उपेक्षा गरेर अघि बढेको आरोप लगाए । उनले एमालेको यस्तो व्यवहारले मुलुकमा गम्भिर दुर्घट्ना निम्त्याउने र राष्ट्रलाई निकै ठूलो खतरा हुने टिप्पणी गरे ।