हुलाकी न्यूज, रुपन्देही । मर्चवार क्षेत्रको घटनामा मुछिएका स्वतन्त्र मधेश गठबन्धनका नेता भुपेन्द्र यादवलाई मंगलबार जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेको छ ।

यादवमाथि केही महिनाअघि मर्चवार क्षेत्रमा भएको घटनाको मुख्य योजनाकारको आरोप नेपाल प्रहरीले लगाउँदै आएको छ । प्रहरी हिरासतभन्दा बाहिर रहेका यादव मंगलबार जिल्ला अदालतमा निवेदनसहित बहसका लागि पुगेका थिए ।

अदालत परिसरमा पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसलगतै प्रहरीले पुनः अदालतमा पेस गरेका थिए । अदालतले ४० हजार धरौटीमा रिहा गरेको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.