हुलाकी न्यूज, काठमाडौं । विजय कुमार गच्छदार अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक फोरममा चार वटा पार्टी गाभिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी संसद बाहिर रहेका चारवटा पार्टी लोकतान्त्रिक फोरममा गाभिएको हो ।
नेत्र बहादुर लिम्बु अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी, शेर बहादुर कार्की अध्यक्ष रहेको नेपाल पिपुल्स पार्टी, धिरेन्द्र झा अध्यक्ष रहेको युनाईटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टी र देवीप्रसाद आचार्य अध्यक्ष रहेको शान्ति पार्टी नेपाल गाभिएको हो ।
साथै उक्त कार्यक्रम मै गच्छदारले स्थानीय निर्वाचन २०७४ प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेको छ । गच्छदारले विभिन्न स्थानबाट स्थानीय निर्वाचनमा उम्मेदबार खडा गरेको छ ।



