हुलाकी न्यूज, काठमाडौं ।
अधिवक्ता सुनिलरंजन सिंहले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

अधिवक्ता सिंहले नेपाली कांग्रेस संसदीय दल, एमाओवादी केन्द्रको संसदीय दल, व्यवस्थापिका संसद, सभामुख ओनसरी घर्ती, संसदका महासचिव मनोहरप्रसाद भट्टराई बिरुद्ध रिट निवेदन दर्ता गराएका हुन् ।

महाअभियोग संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायालयमाथि स्वेच्छाचारी ढंगले निष्पक्ष गर्न खोजेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत संवैधानिक सिद्धान्तमा नै तत्काल खतरा उत्पन्न गर्ने रिट निवेदनमा अधिवक्ता सिंहले उल्लेख गरेका छन् ।

दायर गरिएको रिटमाथि बिहीबार पेशी तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.