हुलाकी न्यूज, रुपन्देही । स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका नेता शिवचरण केवटलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ केवटलाई घरबाट पक्राउ गरिएको हो ।
रुपन्देही छोटकरी नगर घर भएका केवटलाई दुईवटा भ्यानमा आएका प्रहरीले पक्राउ गरी लगेको परिवारजनले हुलाकी न्यूजलाई बताएका छन् । परिवारजनले पक्राउ पुर्जी विना केवटलाई पक्राउ गरी लगेको बताएका छन् ।
यता स्वतन्त्र मधेश गठबन्धनले केवटको रिहाको माग गरेको छ । मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै केवटलाई तत्काल रिहा गर्न माग गरेको हो ।



