हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल गठन पछि पहिलो पटक केन्द्रीय समिति बैठक आज बसेको छ । काठमाडौंस्थित एक पार्टी प्यालेसमा विहानबाट सुरु भएको केन्द्रीय समिति बैठकमा करिब ६ सयभन्दा बढी केन्द्रीय सदस्य र पदाधिकारीहरुको सहभागिता रहेको छ ।

केन्द्रीय समितिको बैठकको सुरुवातमा सम्पूर्ण सहभागीहरुले परिचयात्मक कार्यक्रम गरेका छन् भने साँझ ६ वटै पार्टीका अध्यक्षले सम्बोधन गर्ने राजपा नेपालका सचिव उपेन्द्र महतोले हुलाकी न्यूजलाई जानकारी दिए ।

निर्वाचन आयोगमा दल दर्ताका लागि प्राविधिक प्रक्रिया पनि पुरा गरिने महतोले बताए । मंगलबार रातीसम्म बैठक सम्पन्न हुने जनाइएको छ ।

बैठकमा सहभागीहरु निकै उत्साहित देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.