हुलाकी न्यूज, काठमाडौं । सद्भावना पार्टीका सहअध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचन विरोधी नरहेको प्रष्ट पारेका छन् ।

रिपोर्टर्स नेपालले मंगलबार आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संशोधन नभईकन मधेशी मोर्चाले चुनावमा भाग नलिने जिकिर गरेका छन् ।

उनले संसारमै स्थानीय तह प्रदेश मातहत हुने व्यवस्था उल्लेख गर्दै नेपालमा भने प्रदेश सभा गठन नगरी स्थानीय तहको निर्वाचन गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे ।

यद्धपी उनले मोर्चा निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे । उनले थपे,‘हामी निर्वाचनको विरोधी होईनौं ।’
सरकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्तावबारे टिप्पणी गर्दै प्रस्ताव आउनु नौलो कुरा नभएको समेत बताए ।

कर्णले भने, ‘यहाँ त प्रस्ताव आउँछ, फेरि फिर्ता हुन्छ, किनकी प्रस्ताव ल्याउने बेलामा प्रचण्डजीले हामीले भनेजस्तै गरी प्रस्ताव ल्याउँछु भन्नुहुन्छ, तर ल्याउने बेला अर्के प्रस्ताव ल्याउनुहून्छ ।’

सदनमा दर्ता भएको नयाँ संशोधन विद्येयक हेरेपछि मात्रै मोर्चाले आधिकारिक प्रतिक्रिया दिने स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.