हुलाकी न्यूज, रौतहट । राज्यविरुद्धको संगठित अपराध मुद्दा आरोप प्रमाणित नभएपछि प्रहरीले पक्राउ गरको डा. सीके राउतका रौतहट जिल्ला संयोजक अशोक सिंह तथा सह संयोजक वीरेन्द्र साह रिहा भएका छन् ।
दुवै जनालाई रौतहट जिल्ला अदालतले शुक्रबार साधारण तारीखमा रिहा गरेको हो । दुईजनासहित प्रहरीले ९ जनालाई गत माघ २१ गते रौतहट जिल्लाको गरुडा नजिक झाझ पुलबाट पक्राउ गरेको थियो ।
पक्राउ परेको अन्य ७ जनालाई रिहा गरी संयोजक सिंह र सह संयोजक साह ऊपर जिल्ला प्रहरी कार्यालयले राज्य विप्लवको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
बयान सम्पन्न भए लगतै बचाऊ पक्ष तथा राजयपक्षका कानून व्यवसायीहरुको बहस सकी पछि इजलासले तत्काल संकलित सवुत प्रमाणबाट थुनामा राख्ने अवस्था नरहेकोले पछि हुने गरी साधारण तारीखमा राखी मुद्दाको कार्यवाही गर्नु भनी भएको आदेश दिएको छ ।



