हुलाकी न्यूज, महोत्तरी । मधेशको अधिकारका लागि हतियार उठाउने चेतावनी तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएका छन् ।

तमलोपा जिल्ला कार्यसमितिले जलेश्वरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशी मोर्चाका नेतासमेत रहेका ठाकुरले मधेशको माग पूरा गराउन आवश्यकता परे हतियार उठाउन सक्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘हाम्रो माग पूरा नभएसम्म निर्वाचन कुनै पनि हालतमा हुन दिँदैनौं ।’ माग सम्बोधन नभए निर्वाचनमा भाग नलिने अडान दोहोर्याएका हुन् ।

उनले आफूहरु वैशाखको दोश्रो सातासम्म कुर्ने र त्यस्तो कुनै प्रतिक्रिया नआए आफूहरु सशक्त आन्दोलन गरी चुनाव हुन नदिने चेतावनीसमेत दिए ।

सीमांकनलाई थाँती राखी मोर्चा निर्वाचन भाग लिने कुराको खण्डन गर्दै आफूहरुको माग पूरा नभएसम्म कुनै चुनावमा भाग नलिने जिकिर । साथै, सोही कुरा जनतालाई बुझाउन आफूहरु मधेश झरेको प्रष्ट्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.