हुलाकी न्यूज, मोरङ । भर्खरै आफ्नो पार्टीको नाम परिवर्तन गरी नेपाल लोकतान्त्रिक फोरम पार्टी घोषणा गरेका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुमाथि गम्भीर आरोपहरु लगाएका छन् ।

बिहीबार विराटगरमा गच्छदारले आफूसँग मधेशी मोर्चाका नेताहरुको तुलना गर्न नहुने बताएका छन् ।

गच्छदारले भने, ‘मधेशी मोर्चाका नेताहरु बिना अडान र सिद्धान्तविहीन छन् ।’ उनले मधेशी मोर्चाका नेताहरुले आन्दोलनका बेला अब मधेशमै वार्ता गर्ने भनी जनतालाई भ्रमित गरेको आरोप लगाए ।

‘मधेशी मोर्चाका शीर्ष नेताहरुले अब वार्ता मधेशमै गर्ने भनी जनतालाई झुक्याउनु तर, बालुवाटारबाट एकपटक फोन आउँदा दौडेर जाने गरेको टिप्पणी गरेका छन् ।

साथै उनले मोर्चा घटक दल संघीय समाजवादी फोरम नेपालले भित्रीरुपमा चुनावी तयारी गरिरहेको खुलासा गरेका छन् । उनले भने, ‘उपेन्द्र यादवले चुनाव बहिष्कारको ठूलठूलो कुरा गरेपनि भित्रभित्रै चुनावी तयारीमा लागेका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.