हुलाकी न्यूज, कलैया,२० चैत ।
निर्वाचन क्षेत्र बिकाश कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिती बारा कलैयाको सहयोगमा तथा युवा बिकास नेपाल कलैया ८ बाराको आयोजनामा शनिबारबाट बारा निर्वाचन क्षेत्र न १ को साबिक कुड्वा १ मा (हाल पचरौता गाउपालिका ९) मा महिला तथा बालबालिकाहरुका लागि २ दिने सचेतना तालिम कार्यक्रम शुरु भएको छ।

प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा निर्वाचन क्षेत्र नं १ का सांसद रामअयोध्या यादवले, ‘महिला, द्लित तथा बालबालिकाहरुका बिकाशका लागि आफू जहिले पनि सक्रिय रहेको बताए । जनतासंग प्रत्यक्ष रुपमा बिकाश होस भनेर लागेको कुरा बताउनु भयो । यादवले भने, ‘नेपाल्मा वास्तविक लोकतन्त्रको एहसास तब हुन्छ जब जनताले प्रत्यक्ष रुपमा राज्यको स्रोत र साधनको सदुपयोग गर्न पाउँछन् । त्यो समय अब आइसकेको छ किनभने सिहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा ल्याइदैछ ।’

निश्चित रुपमा नेपाल अब समुन्नत राष्ट्र तर्फ उन्मुख हुनेछन् । मधेशको समस्यालाई काङ्ग्रेसले आफ्नो समस्या ठानेर सम्बिधान संसोधनको बाटोबाट उठेका असन्तुष्टिहरुलाई समाधान गरार्इ अगुवाइ काङ्ग्रेसले नै गरिरहेको बताउनु भयो। संस्थाका अध्यक्ष राजेश रौनियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन राकेश पाण्डेले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेताहरु किशोरी यादव, किशोरी कल्वार, प्रमोद याद्व लगायतले केहि मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.