हुलाकी न्यूज, काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपालका लागि नवनियुक्त भारतीय राजदुत मंजिभ सिंह पुरीबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार अध्यक्ष ठाकुर र राजदुत पुरीबीच भेटवार्ता भएको हो ।

नवनियुक्त राजदुत पुरी काठमाडौं आएलगतै राजनीतिक भेटघाटमा लागेका हुन् । उनले प्रमुख पार्टीका शिर्ष नेताहरुसँग भेटघाट गरिसकेका छन् ।

ठाकुरसँगको भेटघाटमा समसामायिक राजनीतिक विषयमा छलफल भएको थियो । तमलोपा नेतृ चन्दा चौधरीका अनुसार राजदुत पुरीले ठाकुर समक्ष जिज्ञासाहरु राखेका थिए । त्यस क्रममा ठाकुरले मधेशमा अहिले पनि आन्दोलन जारी रहेको बताएका थिए ।

भेटघाट पछि पार्टीको तर्फबाट स्वागत गर्दै अध्यक्ष ठाकुरले राजदुत पुरीलाई उपहार पनि हस्तान्त्रण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.