हुलाकी न्यूज, वीरगंज ।
प्रेस मञ्च नेपालले मधेशी शहीदहरुको सम्मानमा मधेशका सम्पूर्ण जिल्लामा मैनबत्ति जुलुस गर्ने भएको छ । मञ्चका केन्द्रीय अध्यक्ष संतोष पटेलले एक प्रेस विज्ञप्ति जारी गर्दै पे्रस मञ्च नेपालको जिल्ला जिल्लामा रहेका शाखाले आफ्नो ब्यानरमा चैत २० गते आइतबार मैनवत्ती जुलुस कार्यक्रम गर्ने भएका छन् ।

साथै सम्पूर्ण शाखाहरुले एक व्यक्ति एक पदको नीति अनुरुप सबै शाखाहरुलाई चैत १९ गतेसम्ममा आआफ्नो जिल्ला विस्तारित बैठक सम्पन्न गर्न निर्देशित समेत गरेको छ ।

बैठकमा संगठनलाई बलियो बनाउने, संस्थासँग आबद्ध संचारकर्मीहरुको भूमिका, वर्तमान राजनीतिक परिवेशमा प्रेस मञ्चको भूमिका, राष्ट्रियस्तरदेखि क्षेत्रीयस्तरसम्ममा तालिम एवं गोष्ठी लगायतका विषयमा केन्द्रित भई आआफ्ना शाखाबाट केन्द्र्रमा सल्लाह सुझाव दिन समेत अनुरोध गरेको छ ।

जिल्ला जिल्लाबाट आएका सल्लाहहरुलाई प्रेस मञ्च नेपालको केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गर्ने र वार्षिक क्यालेण्डरमा समेत प्रकाशन गरिने मञ्चका केन्द्रीय अध्यक्ष पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.