
हुलाकी न्यूज, जलेश्वर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले महोत्तरीको समन्वय समिति र जलेश्वर नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।
संविधान संशोधन नभएसम्म मधेशमा कुनै पनि निर्वाचन हुन नदिने भन्दै मधेशी मोर्चाले निर्वाचन विथाल्ने आन्दोलनका कार्यक्रमहरु नै सार्वजनिक गरिसकेको छ ।
मधेशी मोर्चाको पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सरकारले गरेको नयाँ स्थानीय पुनर्संरचनाको विरोध गर्दै जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
समन्वय समिति र जलेश्वर नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई बाहिर निकालेर मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले कार्यालयको मूलढोकामा तालाबन्दी गरेका छन् ।



