हुलाकी न्यूज, काठमाडौं ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले सरकारले संघीयतालाई समाप्त गर्न खाजेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मधेशी मोर्चाका नेतासमेत रहेका रायले स्थानीय तहको निर्वाचन गर्न खोजेर सरकारले संघीयतालाई नै समाप्त पार्न खोजिरहेको आरोप लगाएका हुन् ।

उनले पहिले स्थानीय तहको निर्वाचन घोषणा गरेर सरकारले गलत गरेको टिप्पणी गर्दै पहिले केन्द्रको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनको मिति तत्काल सार्नुपर्ने माग गरे ।

उनले सुरुदेखि नै आफुहरू केन्द्रको निर्वाचनको पक्षमा रहेको बताउँदै आजका दिसम्म पनि मोर्चाभित्र केन्द्रकै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा रहेको बताए । उनले भने,‘स्थानीय तहको निर्वाचन गर्नु भनेको उल्टो गंगा बगेको जस्तो हो, यसलाई सुल्टो बनाउनुपर्छ ।’

उनले भने,‘मोर्चा अहिले पनि केन्द्रको निर्वाचनको पक्षमा छ, स्थानीय तहको निर्वाचन प्रदेश सभाले गर्नुपर्छ भन्नेमा हामी अडिक छौँ ।’

स्थानीय तह पुर्नरसंरचना आयोगको प्रतिवेदन नै अवैज्ञानिक र अव्यवहारिक रहेको आरोप लगाउँदै यादवले आयोगको प्रतिवेदनले सिँगो मधेशलाई उपेक्षा गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.