हुलाकी न्यूज, काठमाडौं । सदभावना पार्टीले स्थानीय तहको पुरानै संरचनाका आधारमा पार्टीको महाधिवेशन गर्ने भएको छ । सरकारद्वारा गठित नयाँ स्थानीय निकायको संरचानालाई अवस्कीकार गर्ने निर्णय गर्दै सदभावनाले पुरानै संरचनाका आधारमा महाधिवेशन गर्न लागेको हो ।
काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरु भएको राष्ट्रिय कार्य सम्पादन समितिको बैठकमा नयाँ संरचनालाई अस्वीकार गरेर जाने निर्णय भएको केन्द्रीय सदस्य उपेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।
आइतबार पनि जारी बैठकले पार्टी महाधिवेशनसहित आगामी रणनीतिका बारे छलफल गर्दैछ । जेष्ठ १, २ र ३ गते तोकिएको पार्टीको छैठौं महाअधिवेसको निम्ति गाउँ, नगर वार्ड अधिवेशन पुरानै गाउँ बिकास समिती, नगर वार्ड र नगरपालिका कै आधारमा गर्ने निर्णय भएको महतोले जनाए ।
सदभावनासहित मधेशी मोर्चाले जनसंख्याको आधारमा स्थानीय निकायको निर्धारण नगरिएसम्म नयाँ संरचना स्वीकार गर्न नसकिने बताउँदै आएको छ ।



