हुलाकी न्यूज, नेपालगन्ज २६ फागुन । प्रेस मञ्च नेपाल बाँकेले कमल मधेशी चौकमा मधेशी नगरिक समाज बाँके तथा प्रेस मञ्च नेपालद्वारा मैनबत्ती प्रज्वलन कार्यक्रम गरेको छ ।

नेपालगञ्जमा मधेशी नगरिक समज बाँकेले नेपालगन्जको कमल मधेसी मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।

सप्तरी प्रहरीद्वारा ४ जाना मधेशीको निर्मम हत्या भएका वीर मधेशी सहिदप्रति बुधवार नेपालगन्जको कमल मधेशी चौकमा मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्रद्धाञ्जली सभालाई सम्भोधन गर्दै पूर्व मेयर तथा तमलोपका नेता विजय गुप्ताले मधेशमा हत्या हिंसा बन्द हुनुपर्ने बताएका थिए ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मधेशी नागरिक समाज बाँकेका अध्यक्ष आशिष गुप्ताले भने अब मधेशी जनतामथि हत्या हिंसा र मधेशी जनतालाई अधिकार नदिए यो देशमा मधेशी नागरिकले आफ्नो हक अधिकार नपाए देश अगाडि नबढ्ने बताएका थिए ।

मैनबत्ती प्रज्वलनमा नेपालगञ्जका पूर्व मेयार तथा तमलोपका नेता विजय गुप्ता, मधेशी नगरिक सामज बाँके अध्यक्ष तथा प्रेस मञ्च नेपालका केन्द्रीय वरिस्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख आशिष गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका जिल्ला सदस्य आलम खान, युवा नेता प्रदिप गुप्ता, अधिकारकर्मी रामशेवहन सोनकार, समाजसेवी विशजिति तिवारी, युवा नेता राजेश वैश्य, दिपक जैसावल, सन्तोष सोनी, अधिवक्ता बलबहादुर चन्द, पत्रकार राकेश मिश्र, महिला समाजसेवी सवसति तिवारीसहितका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.