हुलाकी न्यूज, जनकपुरधाम २५ फागुन । सप्तरीमा प्रहरी द्वारा ४ जाना मधेशीको निर्मम हत्या भएका वीर मधेशी सहिद प्रति ज.उ.न.पा ७ जानकी नगरको भम्रपुरा चौकमा मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
उक्त मैनबत्ती प्रज्वलनमा पुर्व मन्त्री तथा सद्भावना पार्टीका सह(महा सचिव सुरीता साह, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष बिन्द किशोर साह, नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सम्भु साह, युवा अनिल साह, अजय दास, बिनय ठाकुर, मनोज साह, चन्दन दास र संजय यादव सहित उपस्थित थिए ।



