हुलाकी न्यूज, काठमाडौं २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको सीमाकंनलाई थाती राखेर संविधान संशोधन अगाडि बढाइए सहयोग गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई आग्रह गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको मोर्चा र प्रधानमन्त्रबीचको छलफलमा प्रधानमन्त्रीले स्थानीय चुनावअघि सीमाकंन बाहेकको संविधान संशोधन गरेर चुनावमा जान आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगको छलफल पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने,‘प्रधानमन्त्रीले सहमतिका लागि विभिन्न प्रस्तावहरु राख्नु भयो । उहाँले सीमाकंन बाहेकको विषय बस्तुमा सहमति गरेर संविधान संशोधन गरिए सहयोग गर्न आग्रह गर्नु भयो । सीमाकंनको विषयमा निर्वाचन पछि आयोगमार्फत टुगो लगाउने प्रस्ताव प्रधानमन्त्रीले राख्नु भयो ।’

प्रधानमन्त्रीले गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मत राख्ने अधिकार हटाउने बताएको रामसपाका महासचिव केशव झाले बताए । स्थानीय तहलाई प्रदेश अन्तर्गत राख्ने र जनसंख्याको आधारमा मधेशको स्थानीय तहको संख्यालाई बढाउने प्रस्ताव मोर्चा समक्ष राखेको झाले बताए ।

प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार बस्ने मोर्चाको बैठकमा छलफल हुँदैछ । प्रधानमन्त्रीसँगको छलफलमा पनि मोर्चाका नेताहरुले मोर्चामा छलफल गरी निर्णय सुनाउने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.