हुलाकी न्यूज, काठमाडौं २७ फागुन । तराई मधेश लोकतान्त्रिक पार्टीले यस वर्ष होली नमनाउन कार्यकर्ताहरुलाई आग्रह गरेको छ । सप्तरी घटनाले मधेश शोकमा डुबेको भन्दै तमलोपाले यस वर्ष होली नमनाउने जनाएको छ ।

तमलोपाका सहमहामन्त्री राकेश मिश्रले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार यस वर्ष तमलोपाले होली नमनाउन आग्रह गरेको हो । मिश्रका अनुसा पार्टी अध्यक्ष महन्थ ठाकुरले यस वर्ष होली नमनाई अधिकारको संघर्षमा बलिदानी दिएकाहरुप्रति श्रद्धाञ्जली दिन आग्रह गरेका छन् ।

नेकपा एमालेको मेची महाकाली अभियान सफल बनाउन सशस्त्र प्रहरीले गोली हानी पाँच जना मधेशीको हत्या गरेपछि मधेशमा आक्रोस बढेको छ । शनिबार मृतकहरुको शव यात्रा भएकोले मधेशका जिल्लामा होलीको उल्लस नरहने देखिन्छ ।

मधेशी मोर्चामा आवद्ध अन्य दलहरुले पनि यस वर्ष होली नमनाउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.