हुलाकी न्यूज, राजविराज २७ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान सफल बनाउने क्रममा सशस्त्र प्रहरीले गोली हानी हत्या गरेका चारै जनाको शनिबार हुने शव यात्रामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित मधेशी मोर्चाका नेताहरु सहभागी हुने भएका छन् ।

शव यात्रामा तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्रीसहित आधा दर्जन नेताहरु पनि सहभागी हुने तमलोपाले जनाएको छ । त्यस्तै, संघीय समाजवादी फोरम नेपालका नेताहरु पनि शव यात्रामा सहभागी हुने जनाइएको छ ।

राजविराजदेखि सिरहाको लाहानसम्म हुने शव यात्रामा हजारौंको सहभागिता रहने मोर्चाले जनाएको हो । द्भावना पार्टीका अनुसार त्यसक्रममा शहीद परिवारसँग भेटघाट र आन्दोलनमा घाईते भएकाहरूलाई समेत भेट्न महतो शुक्रबार नै विराटनगर हुँदै सप्तरी जान लागेको हो ।

महतो धरानस्थित बिपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान गएर घाइते एक दर्जन मधेशी प्रदर्शनकारीहरुसँग भेटघाट गर्नेछन् ।

धरानपछि महतो गोलीकाण्ड भएको सप्तरीको मलेठ जानेछन् । त्यहा उनी त्यहीं रहेका संजन मेहता, पिताम्बर मण्डल र बिरेन्द्र महतोको परिवारसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै गोली लागि मारिएका सप्तरीका आनन्द साह सदभावना पार्टीको भातृ संगठन स्वास्थकर्मी मंचका जिल्ला कोषाध्यक्ष थिए । महतो साहको परिवार भेट्न उनको गाउँ पनि जाने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.