हुलाकी न्यूज, राजविराज २५ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान सफल बनाउन सशस्त्र प्रहरी बल नेपालले गोली हानी हत्या गर्नेको संख्या चार पुगेको छ ।

बुधबार विहान सप्तरी मलेठ दुईका २४ वर्षीय विरेन्द्र महतोको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । सशस्त्र प्रहरीले महतोको छातीभन्दा तल गोली हानेको थियो । उनको चार ठाउँमा आन्ध्रा फुटेको थियो । महतोसँगै शस्त्र प्रहरीबाट हत्या हुनेको संख्या चार पुगेको हो ।

एमालेको अभियान सफल बनाउन सुरक्षा निकायले स्कटिङ गरी सप्तरीको राजविराज नजिकै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सभा गर्न एमाले नेताहरुलाई लगेका थिए । दुई दिनअघिदेखि एमालेको चर्को विरोध हुँदा र हिंसा भड्किन सक्ने सुचना पाउँदासमेत राज्यले एमालेको कार्यक्रम गर्न सहयोग गरेको थियो ।

उक्त सभाको विरोध गरिरहेका मधेशीहरुको टाउँको र छातीमा गोली हानी सशस्त्र प्रहरीले त्यही दिन तीन जनाको हत्या गरेको थियो । दश जनालाई गोली हानी घाइते बनाएका थिए त्यसमध्ये बुधबार विहान एक जनाको मृत्यु भएको छ ।

महतोसहित अन्य हत्या हुनेहरु रंजन मेहता, आन्दन साह र पिताम्बर मण्डल रहेका छन् । उनीहरुको टाउकोमा गोली हानिएको थियो ।

सञ्चारमाध्यममा सात जनाको मृत्युको खबर आएपनि पुष्टि हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.