madheshi-martes
हुलाकी न्यूज, काठमाडौं ५ माघ । मधेश जनविद्रोह (पहिलो मधेश आन्दोलन) चर्किएको आज एक दश पुरा भएको छ । सोही अवसरमा आज मधेशका सम्पूर्ण जिल्लामा मधेश बलिदानी दिवस मनाइदैछ ।

आजकै दिनमा सिरहाको लाहानमा प्रदर्शन गरिरहेका मधेशीहरुमाथि माओवादीले गोली चलाउँदा रमेश महतोको मृत्यु भएको थियो । त्यसपछि मधेश जनविद्रोह चर्किदै गयो र नेपाल सरकारको तर्फबाट ५३ जना मधेशीहरु पहिलो र दोस्रो मधेश आन्दोलनमा मारिएका थिए ।

तेस्रो मधेश आन्दोलनमा पनि राज्य पक्षबाट ५२ जना मधेशीहरुको हत्या भएको छ । सम्पूर्ण सहिदहरुको सम्झनामा आज मधेश बलिदानी दिवस मनाइदैछ । प्रत्येक वर्ष सिरहाको लाहानमा विशेष कार्यक्रम हुने गरेको छ ।

यस पटक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लाहानको सहिद चौकभन्दा पश्चिम पटी सडक छेउमा समान्य कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा मोर्चाका शिर्ष नेतृत्वले सहभागी हुन आनाकानी गरेका छन् ।

त्यही चौकभन्दा उत्तर पटीको एक विद्यालयमा स्वतन्त्र मधेश गठबन्धनले बृहत्त कार्यक्रमको तयारी गरेको छ । उक्त कार्यक्रममा स्वतन्त्र मधेश गठबन्धनका डा.सीके राउतले सम्बोधन गर्नेछ । त्यसअघि डा.राउतले सहिदहरुको सालिकमाथि माल्यार्पण गर्नेछन् । उनका कार्यकर्ताहरुले ५० हजारभन्दा अधिक मधेशीहरु सहभागी हुने दाबी गरेका छन् ।

शक्ति प्रदर्शन गर्दै डा.सीके राउत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.